काँग्रेस महाधिवेशन : २५ गते उम्मेदवारी, २७ गते मतदान


काँग्रेस महाधिवेशन : २५ गते उम्मेदवारी, २७ गते मतदान

नेपालगन्ज १३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत हुने केन्द्रिय कार्यसमितिको निर्वाचन कार्यतालिका फेरबदल भएकोछ ।

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रिय कार्यसमितिको निर्वाचन कार्यतालि फेरबदल गर्दै सार्वजनिक गरेको छ ।

शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । काँग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।

नयाँ कार्यतालिकाअनुसार अब मंसिर २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

दावी विरोध लगायतका प्रक्रिया पुरा गरेर मंसिर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते बिहान ८ बजे मतदान हुनेछ ।