नेपालगन्ज: यौन व्यवसाय चलाउने मालिक सहित दुई जोडी प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादोँ स्थित मिलन कटेजबाट यौन व्यवसाय चलाउने मालिक सहित दुई जोडीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
कारकाँदो स्थित मिलन कटेजमा लामो समयदेखि यौन धन्दा भइरहेको खबर पाएको प्रहरीले उनीहरुलाई छापा हान्दै शनिबार १ बजे आफ्नो नियन्त्रणमा लिएको हो ।
यौन धन्दामा लागेका दुई जोडी र कटेज मालिक मिनबहादुर मल्ललाई प्रहरीले पक्रेको हो । नेपालगन्ज वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीको नेतृत्वमा पुगेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
लामो समयदेखिको उक्त कटेजमा यौन धन्दा हुदै आएकोे सूचना पाएको प्रहरीले शनिबार छापा हान्दै उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालयका सइ माधव रिजालले जानकारी दिए ।
रिजालका अनुसार नियन्त्रणमा लिइएका यौन धन्दा चलाउने कटेज मालिक र दुई जोडीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको जनाए ।
यद्यपी पक्राउ परेका जोडीको विवरण प्रहरीले खुलाएको छैन ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश