डुडुवामा ६ करोड बढि लागतमा अत्याधुनिक कोल्ड स्टोर निर्माण शुरु

७ सय मेट्रिक टन स्टोरेज क्षमता, १८ महिनामा निर्माण सम्पन्न हुने


डुडुवामा ६ करोड बढि लागतमा अत्याधुनिक कोल्ड स्टोर निर्माण शुरु

निर्मला डाँगी

डुडुवा (बाँके) १५ मसिंर : बाँकेको डुडुवा गाउँपालिकामा अत्याधुनिक कोल्ड स्टोर निर्माणको थालनि गरिएकोछ । डुडुवा गाउँपालिकाको सबै भन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको अत्याधुनिक कोल्ड स्टोरको निमार्ण कार्य शुरु भएको हो ।

डुडुवा गाउँपालिका वडा नम्बर–६ हिरिमिनियामा निमार्ण थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरको आज एक कार्यक्रमकाविच विधिवतरुपमा पूजापाठ गरि शिलान्याश गरिएको छ ।
भवनको शिलान्याश गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए ।

उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यान्वयनमा ल्याउँदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

करिब १३ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए ।

कोल्डस्टोरेजको निमार्णपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो ।

गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निमार्णधिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमार्ण सकिएको जनाइएको छ ।