बाँकेमा द्रुत हवाई डाँक सेवा सञ्चालनमा आयो


बाँकेमा द्रुत हवाई डाँक सेवा सञ्चालनमा आयो

नेपालगन्ज १६ मंसिर : हुलाक सेवा विभागले बुधबारदेखि द्रुत हवाई डाँक सेवाको सुरुवात गरेकोछ । सेवाग्राहीको माग र समयको गतिसैंगै हुलाक सेवालाई छिटोछरितो र प्रभावकारी बनाई नागरिक सन्तुष्टि विस्तार गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो ।

राजधानी काठमाण्डौंबाट विराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी तथा नेपालगन्जबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पामा हवाई मार्गमार्फत द्रुत डाँक सेवाको सुरुवात गरिएको जिल्ला हुलाक नेपालगन्जका हुलाक अधिकृत गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।

हवाई द्रुत डाँक सेवाका लागि विभागले श्री तथा समिट एयरलाईन्संग डाँक ढुवानी सम्झौता समेत गरेकोछ । हवाई द्रुत डाँक सेवा अन्र्तगत जिल्ला हुलाक कार्यालय बाँकेको काउण्टर प्रत्येक दिन १ बजेसम्म द्रुत डाँक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोही दिन बेलुका ४ बजे श्री एयर मार्फत काठमाण्डौं पु¥याएर गोश्वारा हुलाकको सवारीसाधनबाट २४ घण्टाभित्र सेवाग्राहीको हातमा पुग्ने गरि काम भइरहेको हुलाक अधिकृत पाण्डेले जानकारी दिए ।

‘२४ घण्टा भित्र सेवाग्राहीको हातमा पुग्ने गरी छिटो छरितो तथा भरपर्दो संकलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाईएको छ’ उनले अगाडी थपे–‘हवाई दु्रत डाँक सेवामार्फत चिट्ठीपत्रका साथै अन्य सामाग्री समेत पठाउन सकिने छ । यसरी दर्ता भएका बस्तुहरु हुलाक सेवाको सवारी मार्फत सेवाग्राहीको ठेगानासम्म छिटो छरितो होम डेलिभरीको व्यबस्था गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हुलाकको सेवालाई व्यवसायीकरण तथा विविधिकरण गर्दै प्रभावकारी बनाउन आउदा दिनमा यो सेवालाई सबै जिल्लामा विस्तार गरिनुका साथै छिमेकी मुलुक भारत तथा जापान जस्तै नेपालमा समेत पोष्टर कमर्सियल सेवाहरु पनि सञ्चालन गर्ने तयारी भई रहेको हुलाक अधिकृत पाण्डेले बताए ।