नेपालगन्ज:धरानको एक लघुवित्त संस्थामा लुटपात भएकोछ । लुटेराले चलाएको गोली लागी एक जना गम्भीर घाइते भएकाछन् । भने सो संस्थाबाट करिब ४ लाख रुपैयाँ लुटिएको छ ।
धरान स्थित साउने भन्ने ठाँउमा रहेको जीवन विकास लघुवित्तमा लुटेराले गोली चलाएको हो । लुटेराको गोली लागी लघुवित्त संस्थाका बजार प्रतिनिधी शम्भुप्रसाद गच्छदार गम्भीर घाईते भएका हुन् ।
गम्भीर घाइते गच्छदारको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले बताए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ । गोली हान्ने समूहको पहिचान नभएको प्रहरीको भनाइ छ । धरानको बजारदेखि पूर्वतर्फ साउनेमा उक्त वित्तिय संस्था अवस्थित छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश