एलजीको एयर प्यूरिकेयर नेपाली बजारमा


एलजीको एयर प्यूरिकेयर नेपाली बजारमा

नेपालगन्ज १६ मंसिर : सिजीे इलक्ट्रोनिक्सले एलजी प्यूरिकेयर ३६० एयर प्यूरिफायर नेपाली बजारमा भित्राएको छ ।

३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम ऐरियाको सबैतिर प्युरिफिकेसन गर्दछ । यस एयर प्यूरिफियरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ । जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धिकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउँछ । एलजी प्यूरिकेयर ३६० डिग्री एयर प्यूरिफायरले तपाईको ठाउँ सफा र आरामदायी राख्छ ।

एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको ऐयर फ्लो उच्चतम गराई एयेर रेसिसटेन्स्र फ्रिक्सन घटाउछ ।

मल्टि फिल्टरेसन सिस्टम (एचइपीए१३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले तपाईको घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९ दशमलव ९९ प्रतिशत हटाउँदछ ।

Kids Festival 2022
kanti aarogya hospital

पिएम १.० सेन्सरको साथै आयोनाइजरले अति सुक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयेरबोन पाटिकल्स लाई पनि निस्कृय पार्दछ ।

एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटिको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाईफाइ प्रयोग गरि स्मार्ट फोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।

यसको ३६० डिग्री डिजाईनको साथ यसले तपाईको आन्तिरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदुषणहरु पनि सोस्दछ । यस प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पु¥याउँछ । यसले सम्पुर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मदत गर्दछ । यस एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्राली रहेको छ ।