अध्यक्ष पदका दावेदारद्वय थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता


अध्यक्ष पदका दावेदारद्वय थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता

नेपालगन्ज १७ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । दुवैजनाले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन् ।

हिजो (बिहीबार) नै चुनावी प्रक्रिया शुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो । उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ ।

Kids Festival 2022
kanti aarogya hospital

राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।