नेपालगन्ज १७ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु इजलास फर्किसके पनि नियमित हुन नसकेको सर्वोच्च अदालतको सुनुवाइ शुक्रबारदेखि पूर्ववत अवस्थामा सुरु भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशदेखि कानून व्यवसायीको आन्दोलनले ४० दिनदेखि मुद्दाको सुनुवाइ अबरुद्ध हुँदै आएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबार गोला प्रथाबाट इजलास गठन गरेर न्यायाधीशहरुले मुद्दा हेरेपछि ४० दिनपछि सर्वोच्च अदालतको कामकारबाही पुनः पुरानै लयमा फर्केको हो ।
शुक्रबार एकल र संयुक्त गरी १२ वटा इजलास गठन भएको थियो । जसमा १३८ थान मुद्दाको पेसी तोकिएको थियो । पेसी तोकिएकामध्ये १२ वटा मुद्दामा फैसला भएको छ भने २९ वटामा आदेश भएको छ ।
गोलाबाट पेसी तोकिएको तेस्रो दिन सर्वोच्चमा उपस्थित भएका सबै न्यायाधीशले इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए ।
प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिएका छैनन् । तर, मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गर्दै न्यायाधीशहरु इजलास फर्किएका थिए । इजलासमा फर्केका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही