४० दिनपछि पुरानै लयमा फर्कियो सर्वोच्चः एकैदिन १२ फैसला, २९ आदेश


४० दिनपछि पुरानै लयमा फर्कियो सर्वोच्चः एकैदिन १२ फैसला, २९ आदेश

नेपालगन्ज १७ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरु इजलास फर्किसके पनि नियमित हुन नसकेको सर्वोच्च अदालतको सुनुवाइ शुक्रबारदेखि पूर्ववत अवस्थामा सुरु भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशदेखि कानून व्यवसायीको आन्दोलनले ४० दिनदेखि मुद्दाको सुनुवाइ अबरुद्ध हुँदै आएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबार गोला प्रथाबाट इजलास गठन गरेर न्यायाधीशहरुले मुद्दा हेरेपछि ४० दिनपछि सर्वोच्च अदालतको कामकारबाही पुनः पुरानै लयमा फर्केको हो ।

शुक्रबार एकल र संयुक्त गरी १२ वटा इजलास गठन भएको थियो । जसमा १३८ थान मुद्दाको पेसी तोकिएको थियो । पेसी तोकिएकामध्ये १२ वटा मुद्दामा फैसला भएको छ भने २९ वटामा आदेश भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गोलाबाट पेसी तोकिएको तेस्रो दिन सर्वोच्चमा उपस्थित भएका सबै न्यायाधीशले इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका थिए ।

प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिएका छैनन् । तर, मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गर्दै न्यायाधीशहरु इजलास फर्किएका थिए । इजलासमा फर्केका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका छन् ।