नेपालगन्ज १८ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि यतिबेला मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो ।
भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै ४ घण्टा ढिलो गरि दिउँसो १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित समयमै सक्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ ।
पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान सात बजेदेखि नै लाइनमा बसेका थिए । तर, मतदान शुरु नहुँदा भोकभोकै लाइनमा बस्नुपरेको गुनासो कतिपय प्रतिनिधिहरुले गरेका छन् ।
अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचन सुरु गरे । त्यसपछि अन्य प्रतिनिधिहरु पनि मतदानमा सहभागी भएका छन् । निर्वाचनमा अध्यक्षसहित एक सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।
अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।
मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।
८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । एकजनालाई मतदान गर्न करिब १५ मिनेट लाग्ने अनुमान छ । मतदान सकिएपछि गणना हुनेछ । मतगणनाका लागि करिब दुई घण्टा लाग्ने राप्रपाले जनाएको छ ।
अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।
महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही