नेपालगन्ज १८ मंसिर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज–१३ निवासी प्रकाश सिंहको उपचारमा खर्च बढ्ने भएपछि आर्थिक सहयोगको अपील गरिएको छ ।
गम्भीर घाईते भई टाउकोमा रगत जमेकाले शुक्रबार शल्यक्रियामार्फत रगत झिकीएपनि होस नखुलेकाले भेण्टीलेटरमा प्रकाशलाई राखिएको छ । दुई हप्ता अघि गम्भीर घाईते भई लखनउमा उपचार गरिएपनि खर्च धान्न गा¥हो भएपछि भेरी अस्पतालको आपतकालिन कक्षमा ल्याई उपचार गरिएको थियो ।
लखनउमै लाखौं रुपैया खर्च भईसकेको र अझैं कती खर्च हुने हो यकिन नभईसकेकोले परिवारले आर्थिक सहयोका लागि अपील गरेको हो । ३२ वर्षिय एकल छोरा प्रकाश नै बेहोशी अवस्थामा पुगेपछि विधुवा आमा विक्षीप्त भएकी छन् । घरमा भएको रकम र कर्जा समेत गरेर सके जतीको खर्च परिवार र आफन्तबाट व्यहोरिसकिएको छ । अब लाग्ने उपचार खर्च धान्न सकिने अवस्था नरहेको भन्दै आमा बिमला सिंहले आर्थिक सहयोग गरिदिएर छोरा बचाईदिन याचना गरिन् ।
घरको आर्थिक स्थिती कमजोर रहेकाले सहयोगको अपील गरिएको घाईते सिहंकी सानी आमा मिनासिंह ठकुरीले जानकारी दिइन् । सहयोग गर्न ईच्छुक मनकारी दाताले मिना सिंह ठकुरी (मो न ९८४८०२०६९५) सागरसिंह ठकुरी (मो न ९८५१०३९४२७) मार्फत सहयोग गर्न सक्नु हुने छ ।
साथै सोझै बैंक र इ सेवामार्फत सहयोग गर्न चाहनेहरुका लागि मीना सिंह (Mina Singh), (माछापुच्छे बैंक लिमीटेड एकाउन्ट न ३४३६५२४७९३०३००१४) र ईसेवाआईडी(Esewa Id) ९८४८०१८८२७ पनि सार्वजनिक गरिएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही