नेपालगन्ज १८ मंसिर : नेपालगन्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले शुक्रबार नीलसागर बृद्धाश्रमलाई सहयोग गरेका छन् । बिद्यालयमा रहेका सासाना बालबालिकाहरुले आफैले अरुलाई सहयोग गर्नुपर्छ भन्ने सोंचका साथ बृद्धाश्रममा गएर सहयोग गरेका हुन् ।
बिद्यार्थीहरुले आफ्नो खाजा रकमबाट मिलेर नीलसागरमा कपि कलम, बिस्कुट र फलफुल बितरण गरेर अन्य बिद्यार्थीहरुमा समेत सहयोगी हुनुपर्ने भावना जागृत गरेको शिक्षक इन्दर सिंह डाँगीले जानकारी दिए ।
बिद्यार्थीहरु आफैले हामी सहयोग गर्न चाहन्छौं भन्ने योजना ल्याएपछि सबै जना मिलेर, सहयोग गर्ने सामाग्री खरिद गरि बृद्धाश्रममै पुगेर बितरण गरिएको शिक्ष डाँगीले बताए ।
‘बिद्यार्थीहरुमा सहयोगी भावना जागृत हुनु आफैमा उत्कृष्ठ कार्य हो,’ शिक्षक डाँगीले भने–‘उनीहरुको यो योजनाले अरुलाई पनि प्रेरित गर्छ ।’
उनका अनुसार विद्यार्थीले दैनिक जसो पाउने खाजा रकमबाट बचाएको पैसाले आफै सहयोग सामाग्री खरिद गरेका हुन् । नीलसागरमा पुगेर बिद्यार्थीहरुले सामाग्री सहयोग गर्नुका साथै सरसफाई पनि गरेका छन् । सहयोग गर्न पुगेर बिद्यार्थीहरुलाई बृद्धाश्रममा रहेका आमा बुबाले आर्शिवाद दिएको उनले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही