राप्रपाको महामन्त्रीमा नेपालगन्जका मेयर राणा सर्वाधिक मतले विजयी


राप्रपाको महामन्त्रीमा नेपालगन्जका मेयर राणा सर्वाधिक मतले विजयी

नेपालगन्ज १९ मंसिर : राप्रपाको एकता महाधिवेशन अन्र्तगत भएको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमसेर राणा अत्याधिक मतले विजयी भएका छन् ।

महामन्त्रीको तीन प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका हुन् । बाँकी दुई जना कमल थापा समूहका विजयी भए । थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन् । उनले २००८ मत ल्याइन् । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित भइन् ।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

राप्रपामा चार उपाध्यक्षमध्ये तीन जना कमल थापा समूहका विजयी भए । दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए । थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए । तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए ।

Kids Festival 2022
kanti aarogya hospital
add

महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन् ।

अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षका अधिकांश उम्मेदवार विजयी भएको निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

राप्रपाको एकता महाधिवेशन अन्र्तगत हिजो शनिबार मतदान सम्पन्न भएको थियो । मतदान सकिएलगत्तै भएको मतगणनाको अन्तिम परिणाम आज बिहान आएअनुसार राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । कमल थापालाई २ सय २७ मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए । ४३१ मत बदर भएको थियो ।