नेपालगन्ज १९ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा बाँकेबाट ६ जना निर्वाचित भएकाछन् । बाँकेमै सर्वप्रिय नेताका रुपमा परिचित नेपालगन्जका मेयर राणासहित ६ जना केन्द्रिय समितिमा निर्वाचित भएका हुन् ।
राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देन र कमल थापाको नेतृत्वमा दुई वटा प्यानल बनेको थियो । दुबै प्यानलबाट बाँकेका ६ जना निर्वाचित भएका हुन् । उक्त निर्वाचनमा लिङ्देन प्यानलबाट महामन्त्रीमा नेपालगन्जका मेयर डाक्टर धवलसम्शेर राणा सर्वाधिक मतले निर्वाचित भए । उनले सर्वाधिक २ हजार २ सय २१ मत प्राप्त गरेका छन् । यस्तै बाँके निवासी राप्रपाका युवा नेता ऋषिराज देवकोटा खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । लिङ्देन प्यानलबाट चुनाव लडेका उनले १ हजार १ सय ९९ मत प्राप्त गरेका छन् ।
बाँके निवासी पुर्वमन्त्री फत्तेसिंह थारु पनि खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । थापाको प्यानलबाट खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका उनले १ हजार ५ सय १ मत प्राप्त गरेका छन् । मधेसी (खुल्ला) केन्द्रिय सदस्यमा बाँकेका ओमप्रकाश आजाद पनि निर्वाचित भएका छन् ।
लिंङ्देन प्यानलबाट चुनाव लडेका उनले १ हजार २ सय ३९ मत प्राप्त गरे । बाँके निवासी राप्रपा नेतृ पवित्रा सुब्बा श्रेष्ठ पनि केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । थापाको प्यानलबाट महिला (खुल्ला) केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी उनले १ हजार ४ सय ८२ मत प्राप्त गरिन् ।
यसैगरी नेपालगन्ज निवासी राप्रपा नेतृ मिनाकुमारी श्रेष्ठ पनि केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । लिंङ्देन प्यानलबाट महिला(खुल्ला) केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी मिनाले १ हजार ३ सय ८८ मत प्राप्त गरेकी छन् । राप्रपाको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका बाँकेका राप्रपा नेता हिक्मतबहादुर ढकाल भने पराजित भएका छन् । थापाको प्यानलबाट उम्मेदवारी दिएका उनले १ हजार ३९ मत ल्याएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही