जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस माबिकी जानकी प्रथम


जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस माबिकी जानकी प्रथम

नेपालगन्ज २० मंसिर : जिल्ला भरीका ५३ जना प्रतियोगिहरुलाई पछि पार्दै ग्रिनपिस माबि चप्परगौडीमा कक्षा ९ मा अध्ययनरत छात्रा जानकी अर्यालले प्रथम स्थान हासिल गरेकी छिन् ।

अन्तराष्ट्रिय स्वयम् सेवक दिवसका अवसरमा बासद्वारा आयोजित ‘सुनौलो भविष्यका लागि स्वयम्सेवा’ बिषयक वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिसकी जानकीले प्रथम स्थान हाँसिल गरेकी हुन् ।

यसैगरी प्रतियोगितामा दोश्रो स्थान एन्जल्स स्कुल नेपालगन्जमा कक्षा १० मा अध्ययनरत शिक्षा काफ्ले, तृतीय जिभिएन माबि कक्षा ११ मा अध्ययनरत अनु ओली र सान्त्वना युनाईटेड एकेडेमी नेपालगन्जमा कक्षा ९ मा अध्ययनरत कृति फुयाँलले हाँसिल गर्न सफल भएकी छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल प्रतियोगिले क्रमशः नगद १० हजार १ सय ११, ५ हजार ५५, ३ हजार २५ र १५ सय ५, प्रमाणपत्र र ट्रफि प्राप्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

बिजेता हुन सफल प्रतियोहरुलाई नगद, सम्मान पत्र र ट्रफि कार्यक्रमका निर्णायक तथा बासका संस्थापक सल्लाहकार रुद्रप्रसाद तिमिल्सिना, बासका निर्वतमान अध्यक्ष मन भण्डारी, केन्द्रीय महासचिव शिबकुमार बर्मा, बासका कार्यवाहक कोषाध्यक्ष दीला शाह, निर्देशक हेमराज भट्ट, निर्णायक किरण आचार्य, रुद्र सुबेदीले प्रदान गरेका थिए ।

जिल्ला स्थित ३० बढी बिद्यालयका ५३ जना प्रतियोगिहरुले सहभागिता जनाएको प्रतियोगितामा सहभागि सबै बिद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत बास स्वयम्सेवक समुहका संयोजक तपेन्द्र मलातीले गरेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यमाथि प्रकाश बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले गरेका थिए ।

प्रतियोगिता बास नेपालको आयोजना, मध्यपश्चिम बहुमुखि क्याम्पसको प्रायोजन तथा विभिन्न संघसंस्था तथा निकायको सहकार्यमा सम्पन्न भएको छ । भने दिवसका अवसरमा बास स्वयम् सेवक समुहले नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरेको थियो ।