नेपालगन्ज २० मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि लड्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार पत्रकार सम्मेलनमार्फत काँग्रेस महाधिवेशनमा सभापति पदमा पुनः उम्मेदवारी दिने बताएका हुन् । उनले महाधिवेशन सफल पार्न सहयोग गर्न आग्रह समेत गरे ।
प्रधानमन्त्रीको सचिवालयले बोलाएका सिमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा उनले भने –‘यो मेरो अन्तिमपटकको उम्मेदवारी हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।’
उनले पत्रकार सम्मलेनमा बोल्दै भने कोरोना लगायतका विषम परिस्थितीका कारण आम सर्वसाधरणलाई दुःख हुने काम गरिनेछैन । सभापति देउवाले अगाडी थपे–‘महाधिवेशनमा शक्ति प्रदर्शन गरिनेछैन । महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन् ।’
देउवाले भने, ‘सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ । सभ्य र भब्यरुपमा महाधिवेशन सम्पन्न हुनेछ ।’
आगामी निर्वाचनका सम्बन्धमा बोल्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताए । ‘सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ, यसमा दुईमत छैन ।’ उनको भनाइ थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही