अन्तिमपटक काँग्रेस सभापतिमा लड्छु, जनतालाई दुःख दिन शक्ति प्रर्दशन गर्दैनौ : प्रधानमन्त्री देउवा


अन्तिमपटक काँग्रेस सभापतिमा लड्छु, जनतालाई दुःख दिन शक्ति प्रर्दशन गर्दैनौ : प्रधानमन्त्री देउवा

नेपालगन्ज २० मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि लड्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार पत्रकार सम्मेलनमार्फत काँग्रेस महाधिवेशनमा सभापति पदमा पुनः उम्मेदवारी दिने बताएका हुन् । उनले महाधिवेशन सफल पार्न सहयोग गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्रीको सचिवालयले बोलाएका सिमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले भने –‘यो मेरो अन्तिमपटकको उम्मेदवारी हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

उनले पत्रकार सम्मलेनमा बोल्दै भने कोरोना लगायतका विषम परिस्थितीका कारण आम सर्वसाधरणलाई दुःख हुने काम गरिनेछैन । सभापति देउवाले अगाडी थपे–‘महाधिवेशनमा शक्ति प्रदर्शन गरिनेछैन । महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन् ।’

देउवाले भने, ‘सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ । सभ्य र भब्यरुपमा महाधिवेशन सम्पन्न हुनेछ ।’

आगामी निर्वाचनका सम्बन्धमा बोल्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताए । ‘सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ, यसमा दुईमत छैन ।’ उनको भनाइ थियो ।