काँग्रेस महाधिवेशनमा एसपीको कमाण्डमा २ हजार सुरक्षाकर्मी परिचालन


काँग्रेस महाधिवेशनमा एसपीको कमाण्डमा २ हजार सुरक्षाकर्मी परिचालन

नेपालगन्ज २१ मंसिर : यही मंसिर २४ देखि २७ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा हुने नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा २ हजार सुरक्षाकर्मी खटाइने भएकोछ ।

काँग्रेसको १४ औं महाधिवेशनको सुरक्षालाई मध्यनजर गर्दै दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।

काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिइएको छ । जसको नेतृत्व महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रहर उपरीक्षक (एसपी) दिनेश मैनालीले गर्नेछन् ।

त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

स्वयंसेवक व्यवस्थापन समिति संयोजक नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाले भूतपूर्व सैनिक सङ्घको नेतृत्व स्वयंसेवक खटिनेछन् । रानाका अनुसार १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयंसेवकका रूपमा महाधिवेशन स्थलमा खटिने छ ।

उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्लाका सभापति सबुज बानियाँ सुरक्षा र मञ्च व्यवस्थापन काम अन्तिम चरणमा पुगेको बताए ।

यसअघि प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनका लागि आफूले यसपटक अन्तिम पल्ट सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेकाछन् ।

उनले देशको शान्तिसुरक्षा, सर्वसाधरणको सहजताका लागि भन्दै महाधिवेशन सम्पन्न गर्न ठूलो तामझाम नगरि सर्वसाधरणको दैनिकीलाई प्रभावित पार्ने काम नगर्ने बताइसकेकाछन् ।