भायानेटले ल्यायो सस्तो मूल्यमा १७५ एमबीपीएसको इन्टरनेट सेवा


भायानेटले ल्यायो सस्तो मूल्यमा १७५ एमबीपीएसको इन्टरनेट सेवा

नेपालगन्ज २२ मंसिरः इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिले ‘अल्ट्रा–फाइ प्लान’ नामक योजना मार्फत प्रयोगकर्तालाई १७५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने भएको छ ।

कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गर्ने तयारी गरेको हो । यो प्लान हालसम्मकै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले यो योजनाको मूल्यलगायतका विषय थप जानकारी भने दिएको छैन् ।

Kanti Aarogya Hospital Nepalgunj

तर, सस्तो प्लानको रुपमा ग्राहकमाझ प्रस्तुत हुने हुँदा यसबाट ग्राहकले भरपुर फाइदा उठाउन सक्ने बताएको छ । यसका लागि कम्पनीले नोकिया र सि–डेटा जस्ता ग्लोबल ब्रान्डसँग मिलेर ‘अल्ट्रा–फाइ प्लान’ सँगै डुअल ब्यान्ड ओएनयु(अप्टिकल नेट्वर्क युनिट) समेत उपलब्ध गराउने जनाएको छ ।

जसमार्फत ग्राहकले इन्टरनेटको स्पीडमा नयाँ अनुभव प्राप्त गर्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार पछिल्लो समय व्यवसाय, खेल र विद्यालयजस्ता ग्राहकको बढ्दो आवश्यकता पुरा गर्न उद्देश्यका साथ नयाँ प्रविधिमार्फत उच्च गति र गुणस्तरको इन्टरनेट उपलब्ध गराउने तयारी भएको हो ।