नेपालगन्ज २२ मंसिरः इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिले ‘अल्ट्रा–फाइ प्लान’ नामक योजना मार्फत प्रयोगकर्तालाई १७५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने भएको छ ।
कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गर्ने तयारी गरेको हो । यो प्लान हालसम्मकै सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । कम्पनीले यो योजनाको मूल्यलगायतका विषय थप जानकारी भने दिएको छैन् ।
तर, सस्तो प्लानको रुपमा ग्राहकमाझ प्रस्तुत हुने हुँदा यसबाट ग्राहकले भरपुर फाइदा उठाउन सक्ने बताएको छ । यसका लागि कम्पनीले नोकिया र सि–डेटा जस्ता ग्लोबल ब्रान्डसँग मिलेर ‘अल्ट्रा–फाइ प्लान’ सँगै डुअल ब्यान्ड ओएनयु(अप्टिकल नेट्वर्क युनिट) समेत उपलब्ध गराउने जनाएको छ ।
जसमार्फत ग्राहकले इन्टरनेटको स्पीडमा नयाँ अनुभव प्राप्त गर्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार पछिल्लो समय व्यवसाय, खेल र विद्यालयजस्ता ग्राहकको बढ्दो आवश्यकता पुरा गर्न उद्देश्यका साथ नयाँ प्रविधिमार्फत उच्च गति र गुणस्तरको इन्टरनेट उपलब्ध गराउने तयारी भएको हो ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?