डुडुवा गाउँपालिकाको भवन निमार्ण तिब्र


डुडुवा गाउँपालिकाको भवन निमार्ण तिब्र

डुडुवा (बाँके) २२ मंसिर : डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ ।

गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।

गाउँपालिकाको प्रशासनिक भवनको निमार्णको काम करिब ८० प्रतिशत पुरा भएको छ । तिब्र गतिमा निमार्ण भईरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाए ।

गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको समुहले निमार्ण सम्पन्न भएको वार्ड नम्बर–४ स्थित मस्जिद र नवनिर्मित वार्ड नम्बर–६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो । वडा नम्बर–४ मोल्हुपुर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन रु २६ लाखको लागतमा निमार्ण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

पालिकाद्वारा हाल धमाधम विभिन्न भौतिक पुर्वाधारहरु निमार्ण भईरहेका छन् । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहितको जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायतको समुहको सहभागिता रहेको थियो ।