नेपालगन्ज: बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ३ धौलागिरीमा मान्छेलाई आक्रमण गर्ने बाघको खोजी तिव्र पारिएकोछ । सर्वसाधरण आक्रमण गर्ने वन्यजन्तुलाई नियन्त्रणमा लिन विशेष टोली परिचालन गरि पाटेबाघको खोजी तिव्र पारिएको हो ।
जिल्ला वन कार्यालय बाँकेको समन्वयमा सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाले मङ्गलबार विहानैदेखि बाघको खोजी गरिरहेका छन् । सोमबार साँझ पाटेबाघले धौलागिरीमा मान्छेमाथि आक्रमण गर्दा तीन जना घाईते भएका थिए । घाईते मध्ये ५० वर्षीय दिपबहादुर श्रीषको नेपालगन्ज मेडिकल केलजमा उपचार भइरहेकोछ ।
अन्य दुई जना सामान्य घाईतेको पहिचान खुल्न सकेको छैन । पाटेबाघको आक्रमणमा परि श्रीषको शरिरका विभिन्न भागमा गहिरो चोट लाग्दा उनको आकस्मिक कक्षमा उपचार भइरहेकोछ ।
यसैबीच, मंगलबार विहान खजुरा गाँउँपालिका अध्यक्ष किस्मत कक्षपति लगायतका जनप्रतिनिधले बाघले आक्रमण गरेको स्थलगत निरीक्षण समेत गरेकाछन् । वन्यजन्तुको आक्रमणबाट सर्वसाधरणलाई जोगाउन हरप्रकरका प्रयास थाल्ने सरोकारवाला नियकासंग उनले आग्रह समेत गरेका छन् । कक्षपतिले घाईतेलाई श्रीषलाई भेट गरि स्वास्थ्यअवस्था बुझेकाछन् ।
गत माघ २१ गते बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर २ साविक जमूनी गाविस वडा नम्बर ५ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाईते भएका थिए ।
रहस्यमयी बन्दै बाघ आक्रमण
बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ३ धौलागिरीमा सोमबार बेलुका पाटेबाघको आक्रमण परि तीन जना घाईते भए । घाईते मध्ये ५० वर्षीय दिपबहादुर श्रीषको नेपालगन्ज मेडिकल केलजमा उपचार भइरहेकोछ । भने अन्य दुई जना सामान्य घाईतेको पहिचान खुल्न सकेको छैन । तर बाघको खोजी कार्य तिव्र पारिएकोछ ।
यसअघि गत माघ २१ गते बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर २ साविक जमूनी गाविस वडा नम्बर ५ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाईते भएका थिए ।
यी दुई फरक मिति र फरक स्थानमा भएको घटनाक्रमलाई अध्ययन गर्ने हो भने दुवै घटनामा पाटेबाघको आक्रमण हुनु, दिन सोमबार र समय बेलुकाको मिल्न आउँछ । चार महिनाको अन्तरालमा सोमबार पाटेबाघले आक्रमण गरेको घटना बाहिर आएको हो ।
घटना स्थलको दूरी पनि धेरैछ । यी दुई स्थान नजिक कुनै जङ्गल पनि छैनन् । बाँके र बर्दियाको राष्ट्रिय निकुञ्ज यो घटना घटेको भन्दा धेरै टाढा छ । उता भारतसंग जोडिएको जङ्गल पनि उतिक्कै दूरीमा छ । धेरै सडक, खेत, मानव बस्ती पार गरेपछिमात्र नेपालको राष्ट्रिय निकुञ्जमा पुग्न सकिन्छ भने दक्षिणतिर भारतको जङ्गल पुग्न पनि । चारमहिना अघि पाटेबाघले एक जनाको ज्यानै लिने गरि आक्रमण गर्दा सो क्षेत्रमा बाघको खोजी ब्यापक रुपमा गरिएको थियो । तर, खोजी कार्यमा रहेका ब्यक्तिले अझै पनि बाघ भेटाउन सकेको छैन ।
उसबेला चिसो र यसबेला गर्मीको मौसम भएका कारण बाघ आफ्नो बासस्थान छाडेर यतिलामो दूरी तय गर्दै मानव बस्तीसम्म किन र कसरी आयो, उसवेला नभेटिएको पाटेबाघ नै त होइन भन्ने कौतुहुल्ताले स्थानीयबासीलाई सताइरहेकोछ ।
पाटेबाघ आहाराको खोजीमा आएको हो भने यो समयको प्रचण्ड गर्मीलाई प्रवाह नगरि यति लामो दूरी तय गर्दासम्म बाघले आहारा नपाउनु, कसैले पनि नदेख्नु, दुवै घटनामा पाटेबाघले आक्रमण गर्दा थप रहस्यमय बन्नुका साथै सुरक्षा चुनौती बढाएकोछ ।