काठमाडौं २३ मंसिर : राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ ।
सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ । -रासस
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट