नेपालगन्ज २३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि बाँके जिल्लाबाट ७९ जना प्रतिनिधीले भाग लिने भएकाछन् ।
बाँके निर्वाचन क्षेत्र १ बाट २६ जना, निर्वाचन क्षेत्र २ बाट २७ जना र निर्वाचन क्षेत्र ३ बाट २६ जना गरि कुल ७९ जनाले सहभागिता जनाउँदैछन् ।
महाधिवेशनका लागि भन्दै केही प्रतिनिधी यसअघि काठमाण्डौं पुगिसकेका र अधिकांश प्रतिनिधी आज काठमाण्डौं जाँदैछन् । केही प्रतिनिधीहरु भोली(शुक्रबार) विहान प्लेनबाट काठमाण्डौं जाने बुझिएकोछ ।
यसैबीच, लुम्बिनी प्रदेशबाट काँग्रेसको १४ औं महाधिवेशनमा कुल ६८३ प्रतिनिधिले भाग लिने भएका छन् । यो संख्या बाँकेको ७९ जनासहितको हो ।
काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ तथा रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुम पूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
यस्तै दाङबाट ७९ जना तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू बराबरी रहेको बताइन्छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी