एकैमञ्चमा देखिदैँ ओली, प्रचण्ड र माधव
नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन आज (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महाधिवेशनलाई लक्षित गरी कडा सुरक्षा व्यवस्थापन गरिएको छ । जसका लागि नेपाल प्रहरीको पाँच हजार बढी जनशक्ति र ३५० ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको बुझिएकोछ । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।
महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि काँग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।
तत्कालीन नेकपाको किचलो र विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् । महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।
यस्तो छ महाधिवेशन कार्यतालिका
शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिको नामावली आज विहान १० बजे प्रकाशन गरिएको छ । उम्मेदवार मनोनयन दर्ता भोलि(शनिबार) बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि भोलि(शनिबार) साँझ ५ देखि ७ बजेसम्म हुनेछ । दाबी विरोधउपर निर्णय पनि भोलि(शनिबार) साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि (शनिबार) २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह