नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पौडेल (संस्थापनइतर) पक्षले आज बेलुका आधिकारिक उम्मेदवार घोषणा गर्ने भएकोछ । महाधिवेशनको उद्घाटन शत्रसकिए लगत्तै बेलुका ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका हुन् ।
‘उक्त बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु बसेर आधिकारिक टिम घोषणा गर्ने सहमति भएको छ,’ एक काँग्रेस नेताले भने । बैठक अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा बस्ने छ ।
काँग्रेस नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटार पुगेर पौडललाई महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन सहमत गराएका छन् । साँझसम्म साझा उमेदवार तय गर्ने नेताहरुले प्रतिबद्धता जनाएपछि पौडेल उद्घाटनशत्रमा सहभागी हुन तयार भएका हुन् । महेश आचार्य, बलबहादुर केसी, अर्जुननरसिंह केसी, गगन थापा, रामशरण महत पौडेल निवास पुगेका थिए ।
पौडेलले वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि संस्थापनइतरका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह