नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशनले जुराएको संयोगले एकैमञ्चमा ३ नेता देखिएकाछन् । तत्कालीन नेकपा भङ्ग भएपछि एकै मञ्चमा नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समारोहमा सहभागी भएका छन् ।
काठमाण्डौंको भृकुटीमण्डपस्थित नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा यी तीन नेता पुगेपछि काँग्रेस महाधिवेशनले एकैमञ्चमा उपस्थित हुने संयोग जुराएको हो ।
ओली र नेपालबीच पाँच महिना र ओली र प्रचण्डबीच एक वर्षयता भेटघाट भएको थिएन । नेकपा विवाद उत्कर्षमा पुग्दा ओली–प्रचण्ड र नेपालबीच दूरी बढेको थियो । ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भयो । तर, एमाले विभाजन रोक्न ओली र नेपालबीच संवाद भएको थियो ।
पाँच महिनाअघि उनीहरुबीच असार २३ गते होटेल मेरियटमा लामो संवाद भएको थियो । तर, सहमति नजुट्दा भदौमा दल विभाजन भएको थियो । असार २३ यता ओली र नेपालबीच संवाद भएको छैन ।
ओली र प्रचण्डबीच ०७७ पुस ५ मा संसद् विघटन अघि भेटवार्ता भएको थियो । ओलीले संसद् विघटन गरेपछि उनीहरूबीच टेलिफोन संवाद भए पनि प्रत्यक्ष भेटघाट भएको छैन । चितवनमा भएको एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने नेपाललाई निम्तो दिइएको थिएन । ओली–प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह