नेपालगन्ज २४ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय जनता पार्टीका नेता हर्ष वर्धनलाई आफूहरु एकले अर्कोलाई प्रधानमन्त्री बनाएको जानकारी थप गरिदिएका छन् ।
शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिन सहभागी भएका भाजपा नेता हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको भन्दै आश्चार्य प्रकट गरेका थिए ।
त्यसको जवाफमा प्रचण्डले भने, ‘भाजपा नेता गइसक्नुभएछ । हामी यति धेरै पूर्व प्रधानमन्त्री एकै ठाउँ भएर मात्र आश्चार्य होइन । अर्को आश्चार्य पनि छ । हामी एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौं ।’ कुनै समय एकअर्कासँग चर्को प्रतिष्पर्धा गरेपनि बेलामौकामा सहकार्य पनि गर्ने गरेको उनले बताए ।
नेपाली राजनीतिमा एक दलले अर्को दललाई सम्मानका साथ लिने र शुभकामना दिने प्रचलनको भाजपा नेता हर्ष वर्धनले प्रशंसा गरेका थिए ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह