सँगै मात्रै छैनौं, हामी एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौं : प्रचण्ड


सँगै मात्रै छैनौं, हामी एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौं : प्रचण्ड

नेपालगन्ज २४ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय जनता पार्टीका नेता हर्ष वर्धनलाई आफूहरु एकले अर्कोलाई प्रधानमन्त्री बनाएको जानकारी थप गरिदिएका छन् ।

शुक्रबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिन सहभागी भएका भाजपा नेता हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको भन्दै आश्चार्य प्रकट गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसको जवाफमा प्रचण्डले भने, ‘भाजपा नेता गइसक्नुभएछ । हामी यति धेरै पूर्व प्रधानमन्त्री एकै ठाउँ भएर मात्र आश्चार्य होइन । अर्को आश्चार्य पनि छ । हामी एकले अर्कोलाई प्रधानमन्त्री बनाएका हौं ।’ कुनै समय एकअर्कासँग चर्को प्रतिष्पर्धा गरेपनि बेलामौकामा सहकार्य पनि गर्ने गरेको उनले बताए ।

नेपाली राजनीतिमा एक दलले अर्को दललाई सम्मानका साथ लिने र शुभकामना दिने प्रचलनको भाजपा नेता हर्ष वर्धनले प्रशंसा गरेका थिए ।