नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसको बन्दशत्र शुक्रबार नै सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन समारोह सञ्चालन गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले आजै बन्दशत्र हुने भएकाले महाधिवेशन प्रतिनिधिहरुलाई उत्साहसाथ सहभागी हुन आग्रह गरे ।
काँग्रेसको चौधौं महाधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । नीतिगत छलफलका लागि बेग्लै नीति महाधिवशेन गर्ने निर्णय काँग्रेसले गरेको छ ।
बिहीबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले केही प्रतिवेदनहरु पारित गरिसकेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, लेखा समितिका संयोजक श्याम घिमिरेद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको थियो । पारित प्रतिवेदन र प्रस्तावहरु बन्दसत्रमा प्रस्तुत हुने छन् ।
त्यस्तै, बैठकले विधानको विभिन्न धारा उपधारा, बाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनको लागि महाधिवशेन प्रस्तुत गर्ने निर्णय गरेको थियो ।