काँग्रेस महामन्त्री शशांकको विमत्ति ‘देश धर्म निरपेक्षता हुँदैन’


काँग्रेस महामन्त्री शशांकको विमत्ति ‘देश धर्म निरपेक्षता हुँदैन’

नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए ।

कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ धर्मनिरपेक्षता शब्द ठीक नभएको भन्दै धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्नेमा उनले जोड दिए ।
उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कोइरालाले सिद्धान्तको लडाइँ समाप्त भएको बताए । ‘नयाँ संविधान हामीले दियौं, सुशील कोइरालाले दिनुभयो । त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ । संविधानमा केही त्रुटिहरु होलान् । संविधान कुनै लकिरको फकिर हुँदैन । संविधानमा परिवर्तन हुँदै जान्छ,’ उनले भने ।