काँग्रेसभित्र सम्पूर्णतामा एकता खोज्नुपर्छ : सिटौला


काँग्रेसभित्र सम्पूर्णतामा एकता खोज्नुपर्छ : सिटौला

नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनले काँग्रेसभित्र सम्पूर्णतामा एकता खोज्नुपर्ने बताएका छन् ।

गएको अधिवेशनबाट अहिलेसम्म आउँदा पार्टीमा उतारचढाव धेरै आएको सिटौलाको निचोड छ । ‘सम्पूर्ण एकता यस महाधिवेशनबाट हुनुपर्दछ । प्रतिस्पर्धाले विभाजित मानसिकता बढेको छ । त्यसलाई समाधान महाधिवेशनलगत्तै गर्नुपर्छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीय तहको निर्वाचन आइसकेको बताउँदै सिटौलाले तीन÷चार महिनाभित्रै हुने चुनावका लागि भावनात्मक एकता कार्यकर्तामा हुनुपर्ने बताए । संसद्, सरकार र अदालत सही तरिकाले चल्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

निर्वाचन कांग्रेसको नेतृत्वमा हुँदा निष्पक्ष हुने दाबी गर्दै उनले भने, ‘यो सरकार निर्वाचनसम्म पुगोस् ।’