नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनले काँग्रेसभित्र सम्पूर्णतामा एकता खोज्नुपर्ने बताएका छन् ।
गएको अधिवेशनबाट अहिलेसम्म आउँदा पार्टीमा उतारचढाव धेरै आएको सिटौलाको निचोड छ । ‘सम्पूर्ण एकता यस महाधिवेशनबाट हुनुपर्दछ । प्रतिस्पर्धाले विभाजित मानसिकता बढेको छ । त्यसलाई समाधान महाधिवेशनलगत्तै गर्नुपर्छ,’ उनले भने ।
स्थानीय तहको निर्वाचन आइसकेको बताउँदै सिटौलाले तीन÷चार महिनाभित्रै हुने चुनावका लागि भावनात्मक एकता कार्यकर्तामा हुनुपर्ने बताए । संसद्, सरकार र अदालत सही तरिकाले चल्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
निर्वाचन कांग्रेसको नेतृत्वमा हुँदा निष्पक्ष हुने दाबी गर्दै उनले भने, ‘यो सरकार निर्वाचनसम्म पुगोस् ।’
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह