नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भएको टिप्पणी गरेका छन् । उनले अहिले भर्खर भएका केही निर्वाचनमासमेत यस्ता केही दृश्य देखिएको भन्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रमा समस्या रहेको टिप्पणी गरे ।
१४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले कम्युनिस्ट पार्टीले सुरु गरेको अधिनायकवाद र प्रतिगमनका विरुद्ध अहिलेको सरकार बनेको टिप्पणी गरे । उनले अबको निर्वाचन कठिन रहेको भन्दै कम्युनिस्ट शक्तिहरु अहिले पनि बलियो रुपमा रहेकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न सहज नभएको बताए । ‘एमालेको गाउँ–गाउँमा अझै पनि संगठन छ,’ उनले भने, ‘त्यसैले नेपाली काँग्रेसलाई सक्षम पार्टी बनाउनुछ । तयारीका साथ हामी जानुपर्नेछ ।’
उनले अहिले नेपाल गतिहीन र अवरुद्ध अवस्थामा रहेको उनले बताए । ‘संसद् चलिरहेको छैन । सर्वोच्च अदालत अस्तव्यस्त छ,’ उनले भने, ‘सरकार चल्न सकेको छैन । ७० वर्ष संघर्ष गरेर जुन संविधान प्राप्त ग¥यो त्यो अनुसार नयाँ युगअनुसार अगाडि बढ्न सकेनौं ।’
यो अधिवेशनले काँग्रेस कम्युनिस्टभन्दा किन पछाडी प¥यो भन्ने समीक्षा हुनुपर्ने बताए ।
उनले नेतृत्व छान्दा टाढा वा नजिकको भनेर नहेर्न आग्रह गर्दै भने–‘पाटीभित्र को टाढा र को नजिक भन्ने होइन । पार्टीभित्र जहिले पनि एकताको लागि लडेको छु । एकताका लागि आफूले अन्याय सहेर पनि एक बनाउन योग्दान दिएको छु,’ उनले अगाडी थपे ‘म जहिले पनि मध्यमार्गी पार्टीलाई कसरी स्वच्छ बनाउने ? कसरी निस्कलंक छविको बनाउने ? प्रतिपक्षीहरूसँग सैद्धान्तिक बहस गरेर कम्युनिस्टलाई कसरी छेउ लाग्ने बनाउने भन्ने छ ।’ उनले आफ्नै एजेन्डाले अघि बढ्न सक्ने बताए ।