मलाई जिताउनुहोस्, ओली जस्ता तानाशाहीलाई हटाइयो, अब काँग्रेसलाई बहुमत ल्याउने जिम्मा मेरो : शेरबहादुर


मलाई जिताउनुहोस्, ओली जस्ता तानाशाहीलाई हटाइयो, अब काँग्रेसलाई बहुमत ल्याउने जिम्मा मेरो : शेरबहादुर

नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् । ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भन्दै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।

पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म काँग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे ।

देउवाले भने –‘एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस ।

उनले भने, ‘काँग्रेसको सरकार रहिरहे राष्ट्रिय सरकार र स्थानीय सरकार रहनेछ । कुनै हालतमा डर त्रासमुक्त शासन ल्याएर छाडिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

‘म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए’, उनले भने, ‘हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ ।’

प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यताबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि मलाइ एक पल्ट जिताइदिनुस् ।’

यसअघि पनि प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति देउवाले आफू अन्तिम पल्ट काँग्रेसको सभापतिमा उठ्ने बताएका थिए । उनी यसपटक काँग्रेस सभापति भएर काँग्रेस र देशका लागि अधुरा सपना पुरा गर्ने सोँचमा रहेकाछन् । हालसम्म हेर्दा काँग्रेसको भावि सभापतिमा देउवा अझैं बलिया उम्मेदवार छन् ।