नेपालगन्ज २४ मंसिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् । ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भन्दै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।
पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म काँग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे ।
देउवाले भने –‘एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस ।
उनले भने, ‘काँग्रेसको सरकार रहिरहे राष्ट्रिय सरकार र स्थानीय सरकार रहनेछ । कुनै हालतमा डर त्रासमुक्त शासन ल्याएर छाडिन्छ ।’
‘म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए’, उनले भने, ‘हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ ।’
प्रतिनिधिहरु कतै सहमति त कतै प्रतिस्पर्धाबाट आए पनि मनोमालिन्यताबाट मुक्त हुनुपर्ने उनले बताए । आन्तरिक निर्वाचनमा अब आउने चुनावमा असर गर्न नहुने भन्दै देउवाले भने, ‘काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि मलाइ एक पल्ट जिताइदिनुस् ।’
यसअघि पनि प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति देउवाले आफू अन्तिम पल्ट काँग्रेसको सभापतिमा उठ्ने बताएका थिए । उनी यसपटक काँग्रेस सभापति भएर काँग्रेस र देशका लागि अधुरा सपना पुरा गर्ने सोँचमा रहेकाछन् । हालसम्म हेर्दा काँग्रेसको भावि सभापतिमा देउवा अझैं बलिया उम्मेदवार छन् ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह