नेपालगन्ज २५ मंसिर : आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी नदिने भएकाछन् । जारी १४औं महाधिवेशनका सन्दर्भमा शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन् ।
आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन् । उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन् । उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए ।
केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाट सन्यास लिने भावनात्मक अभिव्यक्ति दिएका थिए । उनले शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने तयारी गरेका थिए । तर, नेताहरुको अनुरोधपछि उनी सहभागी भएका थिए ।
शनिबार बिहानको छलफलमा उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका हुन् । ‘एक जना मात्रै उम्मेदवार नहुने भएपछि मैले उम्मेदवारी दिन्नँ । राजनीतिबाट पनि सन्यास लिन्नँ,’ पौडेलको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । पौडेल १३ औं महाधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । तर, देउवासँग पराजित भएका थिए ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह