अर्जुननरसिंहले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी


अर्जुननरसिंहले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपालगन्ज २५ मंसिर : तेह्रौं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका अर्जुन नरसिंह केसीले चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

रामचन्द्र पौडेल समूहको आधिकारिक उम्मेदवार शेखर कोइरालाको प्यानलको पदाधिकारीमा नपरेपछि उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

केसी तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका थिए । पछि उनी पौडेल समूहतिरै फर्केका थिए ।