निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता


निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता

नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको जारी महाधिवेशनमा उपसभापति विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबारबाट सुरु भएको काँग्रेसको महाधिवशेन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत गर्न शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । त्यसो भएमा आफूलाई पनि मान्य हुने उनको भनाइ थियो । तर, सर्वसम्मतिको कुनै प्रयास भएन । अहिलेसम्म सभापतिमा देउवाबाहेक पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।