देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता


देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

नेपालगन्ज २५ मंसिर : नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले जारी १४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जारी महाधिवेशन अन्तर्गत शनिबार साढे चार बजे देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् । देउवा समूहले ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको छ ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाडौँ), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।