नेपालगन्ज २५ मंसिर : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २० करोडको लागतमा चुम्लिङटारमा रहेको रिभरसाइड रिसोर्टको क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले आउँदो एक वर्ष भित्रै क्लब, बैंक्विट हल, थप वटा कोठासहित क्षमता विस्तार गर्न लागिएको सिद्धार्थका ग्रुपका सीइओ कृष्ण न्यौपानेले बताए ।
‘अहिले हाम्रो दुई विघा क्षेत्रफलमा २६ वटा कोठा, टेन्ट रुम संचालनमा ल्याइरहेका छौं । अहिले पहिलो चरणमा ३० वटा लक्जरियस रुम, रेष्टुरेण्ट, बार सञ्चालनमा ल्याउनेछौं । दोस्रो चरणमा हामीले क्लब, स्पा लगायतका सेवा विस्तार गर्ने योजना बनाएका छौं,’ उनले भने ।
लामो बिदामा भ्रमणमा हिँड्ने आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै रिसोर्टको सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए । पछिल्लो समय रिसोर्टमा युवा पुस्ता सँगै विदेशी र कर्पोरेट ग्राहकको सहभागिता उल्लेख्य रहेको उनले बताए ।
कम्पनीको व्यवसायिक योजना अनुसार दुई वर्ष अगाडि नै क्षमता विस्तार गरिने भनिएको रिसोर्टको काम कोभिडका कारण ढिलाइ भएको हो । ‘हामीले दुई वर्ष अगाडि नै रिसोर्टको विस्तार गर्ने योजना बनाएका थियौँ । बैंक लोन पास भइसकेको थियो, कोभिड सुरु भएपछि योजना थाती राख्न बाध्य भएका थियौं,’ उनले भने, ‘तर यो समयमा अध्ययन गर्ने थप अवसर जुटेको थियो । अब छिटै निर्माण कार्य सुरु गर्नेछौं ।’
रिसोर्टले आफ्नो सेवा विस्तार गरेसँगै नाइट स्टे, इभेन्ट, कन्फ्रेन्स लगायत सेवा लिने ग्राहक लाभान्वित हुनेछन् । रिसोर्टले नेपाली पर्यटकलाई मध्यनजर गर्दै मूल्य निर्धारण गर्दै आएको उनले जानकारी दिए । हाल प्रति रात ३५ सय रुपैयाँमा रुम बिक्री गर्दै आएको रिसोर्टले नयाँ लक्जरियस रुम सञ्चालनमा आएसँगै पाँच हजार रुपैयाँ भन्दा कम मूल्य निर्धारण गर्ने उनले बताए ।
‘हाम्रो मुख्य ग्राहक भनेकै आन्तरिक पर्यटक हुन् । जागिर गरेर बचाएको समय र पैसाले नेपाली घुम्ने हुन् । दुःख गरेर घुम्न हिँडेको नेपालीका लागि प्रति रात १० हजारको रुम महंगो हो । ठिक्क पैसा लिएर गुणस्तर सेवा दिनु नै हाम्रो उद्देश्य छ,’ उनले भने ।

उनका अनुसार रिसोर्ट क्षतमा विस्तारका लागि प्रारम्भिक वातावरण परीक्षणको काम भइसकेको छ ।
यसैबीच, कम्पनीअन्तर्गत सुर्खेतमा सञ्चालित ‘सिद्धार्थ रिसोर्ट’ विस्तार गरिएको छ । कम्पनीले केही वर्ष अगाडि खरिद गरेको ‘सानी रिसोर्ट’ लाई विस्तार गरिएको हो ।
आठ कट्ठा जमिनमा २८ कोठा क्षमता रहेको रिसोर्टलाई विस्तार गरेर नयाँ स्विमिङ पुल, बैंक्विट, हेल्थ क्लब सँगै ३४ वटा कोठा थप गरिएको उनले जानकरी दिए । यसका लागि ३० करोड रुपैयाँ लागत रहेको उनले बताए । उनका अनुसार कम्पनीले रिसोर्ट परिसरको क्षेत्रफल विस्तार गर्दै एक बिघा बढी पु¥याएको छ ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह