काँग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म

मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिए


काँग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म

नेपालगन्ज २६ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोछ । निर्वाचन समितिले आईतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेकामा साढे एक घण्टा थप गरेर १२ः३० बजेसम्म पुर्याइएको हो ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । काँग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो ।

जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डाक्टर शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डाक्टर चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डाक्टर मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डाक्टर राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् । साढे १२ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्नेछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । दलित तर्फको (खुल्ला पाँच) पदका लागि उम्मेदवारी दिएका उनले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् ।

दलिततर्फको खुला ५ पदमा २७ जनाको उम्मेदवारी परेको थियो । यसअघि सहमहामन्त्रीमा दावी गर्दै आएका उनले चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका थिए । तर, देउवा समूहबाट मानबहादुर विश्वकर्मालाई टिकट दिइएपछि ब्याक हुँदै उनले शनिबार केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएकामा सो उम्मेदवारी पनि फिर्ता लिएका हुन् ।