नेपालगन्ज २६ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोछ । ११ बजेसम्म तय गरिएको समयवअधिमा साढे एक घण्टा थप गर्दै दिउँसो साढे १२ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोएिकोछ ।
निर्वाचन समितिले थप गरेको समयअवधिमा अहिलेसम्म सहमहामन्त्रीमा दावि गर्ने तर, केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका नेता मीन विश्वकर्मासहित २७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् ।
शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।
यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरि केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।