काँग्रेस सभापतिका दावेदार युवराजले उम्मेदवारी फिर्ता लिए


काँग्रेस सभापतिका दावेदार युवराजले उम्मेदवारी फिर्ता लिए

नेपालगन्ज २६ मंसिर : नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए । गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको भए पनि शेखर कोइरालाको टिम गतिशील देखेर समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए ।

‘मेरो एजेण्डा शेखर कोइराला टिमबाट सम्बोधन हुने देखिएकोले मैले उम्मेदवारी फिर्ता लिएँ । शेखर कोइरालालाई समर्थन गरेको छु,’ उम्मेदवारी फिर्तापछि पत्रकारहरूसँग उनले भने । काँग्रेस सभापतिमा अब ५ जना उम्मेदवार हुने भएका छन् ।

यसैबीच नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनमा एक सभापति र एक महामन्त्रीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उम्मेदवारी फिर्ता लिनेमा सभापतिका उम्मेदवार युवराज न्यौपानेसहित सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी रहेका छन् । चौधरी देउवा समूहका नेता हुन् ।

देउवाले तेस्रो धारका उमाकान्त चौधरीलाई सहमहामन्त्रीको टिकट दिएपछि उनले विद्रोह गरेर उम्मेदवारी दर्ता गरेका थिए ।