नेपाली काँग्रेसको १४औँ महाधिवेशन

समयमै मतपत्र नछाप्दा काँग्रेसको मतदान कार्यतालिका प्रभावित

प्रतिनिधी विहानैदेखि लाईनमा, बल्ल मतपत्रमा हस्ताक्षर हुँदै


समयमै मतपत्र नछाप्दा काँग्रेसको मतदान कार्यतालिका प्रभावित

नेपालगन्ज २७ मंसिर : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान सुरु हुन ढिलाइ भएको छ । आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ११ बजेसम्म पनि सुरु भएको छैन ।

मतदान सुरु हुन अझै समय लाग्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन नसकेको निर्वाचन समितिका पदाधिकारीले बताउदै आएपनि वास्तविकता भने फरक छ ।

समयमै मतपत्र छाप्न नसक्दा नेपाली काँग्रेसको मतदान कार्यतालिका प्रभावित भएको हो । बिहानैदेखि महाधिवेशन प्रनिनिधिहरू मतदान गर्न लाइनमा बसिसके पनि मतपत्र आउन ढिलाइ भएका कारण मतदान कार्यक्रम सरेको छ ।

निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मतपत्र नौ बजे छापिएर मतदानस्थलमा आएको छ । अब त्यसमा निर्वाचन अधिकृतको हस्ताक्षर गर्ने काम भइरहेको छ । हस्ताक्षर सकिएपछि मतदान शुरु हुनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेसको निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएका छन् । बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन् ।

मतदान शुरु नभएपनि प्रदर्शनीमार्गमा यतिबेला काँग्रेसको उत्सव चलिरहेको छ । सभापति, महामन्त्री लगायत विभिन्न पदाधिकारी र सदस्यका उमेदवार मत माग्न व्यस्त छन् । काँग्रेसको १४ औं महाधिवशेनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने छ ।

पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सह–महामन्त्री हुनेछन् । कोषाध्यक्षको निर्वाचन चाहि निर्वाचित केन्द्रीय कमिटिीले गर्ने व्यवस्था छ ।