कोइराला विरासत जोगाउने पथमा काँग्रेस बाँकेकी सभापति किरण


कोइराला विरासत जोगाउने पथमा काँग्रेस बाँकेकी सभापति किरण

नेपालगन्ज २७ मंसिर : नेपाली काँग्रेस बाँकेको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेकी नेतृ किरण कोइराला केन्द्रिय सदस्यको दौडमा रहेकी छन् । काँग्रेस बाँकेकी नेतृ किरण पार्टीका पुर्वसभापति तथा पुर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालको सहोदर भाई बुहारी हुन् ।

नेपाली काँग्रेस बाँकेको सभापतिको जिम्मेवारीमै रहँदा नेतृ किरणका पति डाक्टर अरुण कोइरालाको असमायिक निधन भएको थियो । सहोदर जेठाजु सुशिल र पति अरुणको मार्गलाई पछ्याउँदै उनले बाँकेमा कोइराला परिवारको विरासत थाम्दै आएकी छिन् ।

यही विरासत जोगाउन र माथिल्लो तहमा आफ्नो कार्यकुशलता एवम क्षमता देखाउन यतिबेला नेतृ किरण केन्द्रिय कार्यसमिति सदस्यको दौडमा रहेकी छन् । केन्द्रिय कार्यसमिति सदस्यका लागि उनी पश्चिम क्षेत्रबाट कोइराला परिवारको एक मात्र प्रतिनिधी समेत हुन् । यसले पनि उनीमाथि कोइराला विरासत जोगाउने ठूलो जिम्मेवारी छ ।

पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर(शेखर कोइराला) प्यानलबाट केन्द्रिय सदस्य(महिला खुल्ला)मा उम्मेदवारी दिएकी नेतृ किरणले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘मैले महाधिवेशन प्रतिनिधीसहित शीर्ष तहका सबैजसो नेतालाई पनि भेटेर भोट मागिरहेकी छु, नेताहरुले तपाई जित्नु हुन्छ भनेर भन्नु भएको छ, मलाई अग्रिम शुभकामना पनि दिइरहनु भएको छ,’ उनले भनिन् । आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकाले देशभरका महाधिवेशन प्रतिनिधीले सहयोग गर्नेमा नेतृ किरण आशावादी छिन् ।

सहोदर जेठाजु सुशिल र पति अरुणको मार्गलाई पछ्याउँदै आएकी किरण यदि काँग्रेस केन्द्रिय सदस्यमा निर्वाचित भइन भने कोइराला विरासत जोगाउने यात्रा अघि बढ्नेछिन् ।