नेपालगन्ज २७ मंसिर : नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत सोमबार साढे ४ बजेसम्म २ हजार जनाले मतदान गरेका छन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब १२ बजे मतदान शुरु भएको थियो । देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
यसैबीच निर्वाचन अधिकृतको हस्ताक्षर नहुँदा रोकिएको मतदान पनि पुनः सुरु भएको छ । निर्वाचन समितिले बेलुका ९ बजेसम्म मतदानको समय तय गरेको छ ।
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत