देउवाले नेता सिहं, निधि र गुरुङ्गको समर्थन पाए, सभापतिका लागि दोस्रो चरणको मतदान सुरु


देउवाले नेता सिहं, निधि र गुरुङ्गको समर्थन पाए, सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

नेपालगन्ज २८ मंसिर : नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्र्तगत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएकोछ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर भएको हो ।

समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।