नेपालगन्ज १ पुष : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरिएकोछ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण गरेको हो ।
आयोगका अनुसार प्रदेश १ मा २ र अन्य ६ वटा प्रदेशमा १–१ वटा मतदान केन्द्रभित्र २–२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।
यसैगरी प्रदेश २ मा महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय तोकिएको छ ।
यस्तै लुम्बिनी प्रदेशका लागि दाङस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थित प्रदेश सभा भवनमा मतदान केन्द्र रहने आयोगले जनाएको छ । आयोगका अनुसार निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४९३ गरी कुल २०२५ जना मतदाता हुनेछन् ।
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’