प्रदेश ब्यूरो प्रहरीद्वारा नेपालगन्जबाट एक जना कैदी पक्राउ
नेपालगन्ज: जिल्ला कारागार बर्दियामा कैद सजाय भोगिरहेका कैदीहरु खुलेआम बजार हिड्ने गरेका छन् । कारागारका कैदीहरु बाँके, बर्दिया लगायतका विभिन्न ठाँउहरुमा आफ्नै तरिकाले खुलेआम हिडिरहेकाछन् ।
बर्दिया कारागार सुरक्षार्थ खटिएका प्रहरी र कारागार चौकीदारको मिलोमतोमा कैदीहरुलाई बाहिर निस्कन दिने गरेको प्रहरी श्रोतले जनाएकोछ ।
ती कैदीहरुबाट केही रकम लिएर कारागार सुरक्षार्थ खटिएका प्रहरी र चौकीदारले रकम बुझेबापत कैदीलाई खुलेआम बजार निस्कन दिने गर्दछन् ।
यसैक्रममा शुक्रबार दिउँसो बर्दिया कारागारमा रहेर कैद सजाय भोगिरहेका एक जना कैदी खुलेआम घुमिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेकाछन् ।
जिल्ला कारागार शाखा बर्दियामा कर्तब्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका रवि पुनलाई प्रदेश ब्यूरो प्रहरीले शुक्रबार नेपालगन्ज बजारबाट पक्राउ गरेको हो ।
पुनलाई काराकागर चौकिदार र सुरक्षार्थमा खटिएको प्रहरीको मिलोमतोमा बाहिर जान छाडिएको बाँके प्रहरीले जनाएकोछ । नेपालगन्जबाट पक्राउ भएका पुनलाई प्रदेश ब्यूरो प्रहरीले नेपालगन्ज वडा प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ