नेपालगन्ज २ पुष : नेवाः देयः दबूको केन्द्रिय विधान महाधिवेशन नेपालगन्जमा हुने भएकोछ । आगामी पुष १६ गते नेपालगन्जमा नेवाः देयः दबूको केन्द्रिय विधान महाधिवेशन हुने भएको हो ।
नेवाः देयः दबू बाँकेका अध्यक्ष तथा स्थानीय नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता शुक्रबार विधान महाधिवेशनका लागि छलफल समेत गरेकोछ ।
भेलाले विधान महाधिवेशनलाई भव्यताका साथ सफल तुल्याउनका लागि गठन गरिएको विभिन्न ११ वटा समितिहरुको अनुमोदन गर्दै समितिलाई पूर्णता प्रदान गरी शनिबारदेखि नै आआफ्नो जिम्मेवारीको काममा लाग्न निर्देशन गरेको छ ।
संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको प्रमुख आतिथ्यमा शुक्रबार भएको विधान महाधिवेशनको तयारी छलफलमा भेलाले नेवाः देयः दबू बाँकेका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा २५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २१ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ ।
त्यसैगरि अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा नेवाः पुचः बाँकेका उपाध्यक्ष जितेन्द्रकुमार जोशी रहेको सचिवालय समिति, नेवाः मिसाः दबू, बाँकेकी अध्यक्ष शोभा श्रेष्ठको संयोजकत्वमा सगुन व्यवस्थापन समिति, कोषाध्यक्ष विकल श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, सल्लाहकार मनोज श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, नरेन्द्र श्रेष्ठको संयोजकत्वमा झाँकी व्यवस्थापन समिति, ज्ञानेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, सूर्यकुमार श्रेष्ठको संयोजकत्वमा स्वयम् सेवक व्यवस्थापन समिति, पत्रकार समीर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, रुपक श्रेष्ठको संयोजकत्वमा फोटो तथा भिडियोग्राफी समिति, दिपेन्द्र जोशीको संयोजकत्वमा आवास व्यवस्थापन समिति र प्रेमलाल श्रेष्ठको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ ।
भेलामा केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, सल्लाहकार संयोजक अशोक कर्माचार्य, सल्लाहकार पूर्णलाल चुके र अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले केन्द्रीय विधान महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नको लागि गरिएको तयारीको बारेमा जानकारी दिंदै सफलतापूर्वक सम्पन्न गराउन बाँके जिल्लाका सबै नेवारहरु एक ढिक्का भई जुट्न आव्हान गरेका छन् । उक्त केन्द्रिय विधान महाधिवेशनमा ६८ जिल्ला शाखाका करीब ३०० जना बढीको सहभागिता हुने आयोजक संस्थाले जनाएको छ । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ स्थापित नेवारहरुको साझा छाता संगठन हो ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह