ट्राफिक ब्यवस्थापनमा गाँउपालिकाको चासो


ट्राफिक ब्यवस्थापनमा गाँउपालिकाको चासो

नेपालगन्ज : ट्राफिक ब्यवस्थापनको समस्याले यतिवेला नेपालगन्ज मात्र नभइ आसपासको क्षेत्र समेत प्रभावित बन्दै गएकोछ । उपमहानगरको ट्राफिक ब्यवस्थापनमा उदासिनता देखाइरहदाँ खजुरा गाँउपालिकाले भने ट्राफिक ब्यवस्थापनलाई प्राथमिकतामा राखेको पाइएकोछ ।

गाँउपालिकाले खजुरा क्षेत्रको ट्राफिक व्यवस्थापनमा चासो देखाउदै विभिन्न सरोकारवालासंग छलफलको सुरुवात समेत गरेको छ । शनिबार बाँकेको खजुरामा भएको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि गरिएको अन्तरक्रियामा गाँउपालिकाले चासो दिएको हो ।

ट्राफिक नियमको पूर्ण पालना गराउँदै सभ्य र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले ट्राफिक प्रहरी र प्रहरी तथा सरोकारवालासंग समन्वय शुरु गरेको गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कक्षपतिले ट्राफिक व्यवस्थापन गर्न व्यवहार परिवर्तन जरुरी रहेको बताए । उनले सके ३ महिना नसके ६ महिनामा ट्राफिक नियमसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गर्दै सचेतनामुलक कार्यक्रम गरिनु पर्नेमा जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

सवारी चालकमध्ये आधाभन्दा बढि चालक र सर्वसाधरणलाई ट्राफिक नियमको बारेमा जानकारी नभएकाले सवैमा ट्राफिक नियम जनचेतना जगाउनुपर्ने अध्यक्ष कक्षपतीले बताए । उनले भने ट्राफिक नियमको सवैले पूर्णपालना गरेमा दुर्घटना न्यूनीकरण हुनेमा विश्वास ब्यक्त गरे ।
सवारी चालकहरुले व्यवसायिक, मर्यादित र अनुशासित ढंगबाट आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै प्रमुख कक्षपतिले नियम विपरित जाने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे ।

जनप्रतिनिधि, कर्मचारी र सवारी चालकलाई समाजले हेर्न दृष्टिकोण फरक भएको उल्लेख गर्दै प्रमुख कक्षपतिले व्यवहार परिवर्तन गर्नसके ट्राफिक व्यवस्थापन सहज हुने धारणा राखे । अन्तरक्रिया कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया विकले हरेक नागरिकले आफ्नो दायित्व पूरा गरे समस्या र विवाद नहुने बताइन् ।

उनले नागरिकले आफ्नो कर्तब्य र दायित्वबाट विमुख नभए सभ्य, समृद्ध समाज निर्माण गर्न सकिने बताइन । ईलाका प्रहरी कार्यालय, धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले सुझाव तथा प्रतिक्रिया समेत दिएका थिए ।