प्रमोद धितालले एमाले त्यागेर नेकपा एसमा प्रवेश गरे


प्रमोद धितालले एमाले त्यागेर नेकपा एसमा प्रवेश गरे

नेकपा(एकिकृत समाजबादी) का अध्यक्ष माधव नेपालसंग एमाले परित्याग गरेका प्रमोद धिताल ।

नेपालगन्ज ८ पुष : भेरी अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका एमाले बाँकेका जिल्ला कमिटिका उपसचिव प्रमोद धिताल नेकपा(एकिकृत समाजबादी) प्रवेश गरेकाछन् ।

उनले एक वक्तव्य जारी गर्दै आफू नेकपा (एस)मा प्रवेश गरेको बताएकाछन् । उनको प्रेस वक्तब्यमा भनिएको छ, ‘नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले पार्टीलाई विधि र विधानविपरीत चलाउन खोजेको र एमालेलाई दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेको, मार्क्सवाद लेनिनवादका मूलभूत सिद्धान्त परित्याग गरेको र पार्टी पार्टी नभई व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले आजैका मितिबाट नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’

उनले अघि लेखेका छन्, ‘नेकपा एमालेका पूर्ववरिष्ठ नेता कमरेड माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आजैका मितिबाट आवद्ध हुने र पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निभाउने छु भनी प्रतिबद्धता गर्दछु ।’

उनले एमालेमा रहेका नेता कार्यकर्ताहरुलाई पनि समाजको अग्रगतिका निम्ति नेकपा (एस) मा आबद्ध हुन आह्वान गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन नेपाल बाँके शाखाले बिहीबार बाँकेको कोहलपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने पक्षमा आफू रहेको बताए ।

उनले एमसीसीको बारेमा कार्यदलले विस्तृत छलफल गरेपछि सत्ता गठबन्धनले थप निर्णय लिने स्पष्ट पारे । अध्यक्ष नेपालले नेपाली जनताको विश्वास जित्ने गरी आफूहरु अघि बढ्ने उल्लेख गरे । प्रतिगमन आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले त्यसका विरुद्ध निरन्तर संघर्ष भइरहने बताए ।