नेपालगन्ज १२ पुष : नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र शुरु भएकोछ । बिहान ११ बजेदेखि बन्दशत्र शुरु गर्ने पूर्व कार्यतालिका अनुरुप बन्दशत्र शुरु भएको हो ।
बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल गर्दै पार्टीको २५ वर्षको समीक्षा समेत गरिनेछ ।
बन्दशत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो (आईतबार) महाधिवेशनको उद्घाटन गरिएको थियो । सोही स्थानमा बन्दशत्र र नेतृत्व चयन प्रक्रिया हुने पार्टीले जनाएको छ ।
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’