काँग्रेस बाँकेको सचिव पदका आकांक्षी निरज चलाउने को हुन् ?


काँग्रेस बाँकेको सचिव पदका आकांक्षी निरज चलाउने को हुन् ?

राजनीति, समाजसेवा र पर्यटन व्यवसायलाई एकैसाथ अगाडी बढाउन सफल युवा हुन् निम बहादुर चलाउने ‘निरज’ । मध्यम वर्गीय परिवारमा दाङको बिजौरीमा जन्म भएपनि कर्मथलो कोहलपुरलाई रोजेका राजनीतिक सम्भावन उच्च रहेका नेपाली काँग्रेसका चर्चित युवा नेता पनि हुन् चलाउने ।

माध्यामिक तहसम्मको अध्ययनको क्रममा दाङका पुराना प्रभावशाली काँग्रेस नेता जुद्ध बहादुर न्यौपानेबाट प्रभावित बनेर राजनीतिक गतिविधीमा सक्रिय सहभागिता जनाउन शुरु गरिसकेका थिए चलाउनेले । दाङ दुधराजमा रहेको विद्यालयमा माध्यामिक तहको पढाई पुरा भएपछि उच्च शिक्षा अध्ययनका लागि दाङ घोराहीमा रहेको भरतपुर बहुमुखी क्याम्पसमा अध्ययनको थालनी भएसँगै उनको राजनीति यात्राले पनि बाटो समात्यो ।

त्यसबेला नेपाली काँग्रेसका प्रभावशाली नेता तथा मन्त्री समेत रहेका चर्चित नेता खुमबहादुर खड्काको प्रभाव दाङ जिल्लाभरी थियो । क्याम्पस अध्ययनका क्रममा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रालाई निरन्तरता दिइरहेका चलाउने युवामैत्री नेताको छवि बनाएका स्व. नेता खुमबहादुर खड्काका विश्वासपात्र समेत बन्न पुगे । कर्मयोगी स्वभावका चलाउनेको राजनीतिक सम्भावनालाई त्यतिबेला नै स्व.नेता खड्का सहितको नेतृत्वले राम्रोसँग बुझेको थियो ।

२०५१ सालको आम चुनावमा बिजौरी गाविसको प्रचार प्रसार संयोजकको जिम्मेवारी पाएकोमा उनले कुशलतापूर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गरेका थिए । मध्यावधी निर्वाचनमा उनको लोकप्रियता ह्वात्तै बढेको देखेर विपक्षी संसदवादी अन्य दलका नेताहरुले राजनीतिक प्रतिशोध साँध्न रचेको षडयन्त्रमा परेर प्रहरी गिरफ्तारीको सूचीमा समेत परेका थिए । स्व. नेता खड्का, दीपक गिरी, गेहेन्द्र गिरी लगाएत उनी सहित २८ जना प्रहरी गिरफ्तारीको सूचीमा परेपनि चलाउने पक्राउ पर्नबाट जोगिएका थिए । त्यो बेला प्रहरी गिरफ्तारी तथा गिरफ्तारीको सूचीमा पर्नेमध्येमा चलाउने सबैभन्दा कान्छो उमेरका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेस नेता स्व. खुमबहादुर खड्कालाई आफ्नो राजनीतिक गुरु मान्ने चलाउने तत्कालिन माओवादी पार्टीले गरेको विद्रोहका कारण गाउँमा असुरक्षित बन्न पुगे । बिद्रोही पक्षबाट निरन्तर धम्की आइरहेपछि २०६३ सालमा दाङबाट बसाई सरेर कोहलपुरमा आइपुगे । राजनीतिक चेतना उच्च भएका, स्पष्ट वक्ता चलाउने कोहलपुरमा यातायात ब्यवसायीको रुपमा परिचय बनाए ।

उनी १० वर्ष ४ कार्यकाल नमस्ते नेपाल यातायात व्यवसायी समितिको निर्विरोध अध्यक्ष भएर उनले नेतृत्व गरेको यातायात व्यवसायी समितिलाई सबै कोणबाट सफल र स्थापित संस्थाको रुपमा विकसित गर्न सफल भए । यातायात व्यवसायी तथा मजदुरहरुका साझा समस्या समाधानका लागि विशेष भूमिका निर्वाह गर्दै उनले कोहलपुरमा स्तरीय उत्कृष्ठ सेवा सहितको रेष्टुरेन्ट सञ्चालन गरेर सफल उद्यमीको पनि परिचय बनाउन सफल भए ।

यस क्षेत्रको शैक्षिक क्षेत्रमा पनि उपस्थिती जनाउँदै कोहलपुरमा नमूना विद्या सदन नामको निजी विद्यालय सञ्चालन गरेर शैक्षिक अभियन्ताको रुपमा पनि उनले आपूmलाई अघि सारे । अहिले करोडौको लगानीमा कोहलपुरमा सञ्चालन गरिरेहको ट्रि–टप ह्याभेन रेष्टुरण्टलाई तीन तारे होटलमा अद्यावधिक गर्दै निर्माण अन्तिम चरणमा पु¥याएका छन् । उनले सञ्चालन गरेका निजी क्षेत्रका व्यवसाय तथा विद्यालयमा गरेर करिब १ सय बढिले प्रत्यक्ष रोजगारी समेत पाइरहेका छन् । तारे होटल सञ्चालन भएपछि रोजगारी संख्या निश्चित छ । उनले आपूmलाई यस क्षेत्रका सफल रोजगारदाताहरुको सूचीमा आफूलाई प्रस्तुत गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी संघको भेरी अञ्चल सचिव समेत रहेका चलाउने २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीले अघि सारेका उमेद्वारलाई बिजयी बनाउन सबै चुनावी गतिविधीमा सक्रिय सहभागिता जनाउँदै नेपाली काँग्रेसको १२ औँ महाधिवेशन अन्र्तगतको नगर अधिवेशनमार्फत नेपाली काँग्रेस कोहलपुर नगर समितिको सचिव पदमा चयन भएका थिए ।

१३ औं महाधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधीमा चयन भएका चलाउने नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ को संगठन विभाग प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह समेत गरे । २०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. १० को वडाध्यक्षको उमेद्वार बनेका चलाउने लोकप्रिय मतसहित वडाध्यक्षमा निर्वाचित भए । वडाध्यक्षमा निर्वाचित चएन भएपछि उनले दैनिक भ्रमण भत्ता, यातायात भत्ता लगाएत अन्य शिर्षकका कुनै पनि भत्ता लिएका छैनन् । अन्य वडाको तुलनामा विकासमा वडा नं. १० सफल हुनुको पछाडी उनको विशेष रणनीतिहरु सफल रुपमा कार्यान्वयनमा ल्याउन सफल भएको उनी बताउँछन् ।

उनले आफ्नो पारिश्रमिकबाट केही रकम वडा तथा नगर क्षेत्रमा रहेका अति विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति तथा न्यून मजदुर श्रमिकवर्गहरुलाई आर्थिक सहायता गर्दै आइरहेका छन् । वडाध्यक्षमा निर्वाचित भएपछि उनले कोहलपुर नगरपालिकामा हुने गरेर आर्थिक अनियमितता र सुशासनका पक्षमा खरो रुपमा प्रस्तुत हुँदै आएका छन् । कोहलपुर नगर कार्यपालिकामा सशक्त प्रतिपक्षी दलको नेताको रुपमा समेत परिचित छन् । उनले नगरपालिकाभित्र हुने चरम आर्थिक अनियमितता, नियम तथा ऐनविपरित हुने निर्णयहरुको विरोध गर्दै आर्थिक पारदर्शिताको मुद्दामा नगरपालिकालाई सहि मार्गमा डो¥याउन उद्दतता देखाइरहेका छन् ।

अहिले उनै लोकप्रिय युवा उद्यमी, व्यवसायी तथा नेता चलाउने नेपाली काँग्रेसको जिल्ला नेतृत्व पदाधिकारीमध्येको सचिव पदको मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँके जिल्लाको जिल्ला अधिवेशनको मिति यही पौष २७ गते तय भएको छ । जिल्लाभरका युवाहरुमा राम्रो प्रभाव बनाएका युवा नेता चलाउने जिल्ला सचिवका प्रत्याक्षी बलियो उमेद्वारको रुपमा हेरिएको छ ।