गृहमन्त्री खाण भन्छन्–‘निर्धारित समयमै चुनाव हुन्छ’


गृहमन्त्री खाण भन्छन्–‘निर्धारित समयमै चुनाव हुन्छ’

पोखरा (कास्की) १६ पुष : गृहमन्त्री बालकृष्ण खाणले निर्धारित समयमै निर्वाचन हुने बताएका छन् । उनले स्थानीय तहको चुनाव निर्वाचन आयोगले तय गरेको सीमाभित्रै गरिने बताए ।

शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाणले निर्धारित समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

आयोगले वैशाखको १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ । खाणले एमसीसी सम्झौता दलहरुको सहमतिमै पारित गरिने बताए । उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए ।